बिर्तामोड , पुष ११ । बिर्तामोड ३ स्थित पंचकन्या महिला बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा यादवकुमारी तिम्सिना निर्वाचित भएकी छन् ।

संस्थाको १९ औं बार्षिक साधारणसभा तथा छैठौं अधिवेशनबाट यादवकुमारी अध्यक्षमा सर्वसम्मत निर्वाचित भएकी हुन् । त्यस्तै उपाध्यक्षमा नैनकला चुडाल , सचिव गंगाकुमारी कार्की , सहसचिव शोभा आचार्य र कोषाध्यक्षमा मेनुका थपलिया चयन भएका छन् । त्यस्तै सदस्यहरुमा शान्ता पाण्डे खरेल,कमलादेवी भट्टराई , देवकुमारी पाठक , सरिता राई , गीतादेवी निरौला र कान्तादेवी तामाङ रहेका छन् । त्यस्तै लेखा समितिको संयोजकमा दुर्गा न्यौपाने तथा सदस्यहरुमा गोमा नेपाल र यशोदा खड्का चुनिएको निर्वाचन समितिका संयोजक इन्द्रसिंह राजवंशीले बताए ।निर्वाचन गराउन राजवंशीको संयोजकत्वमा राधिका खड्का र विज्ञान दाहाल सदस्य भएको निर्वाचन समिति गठन गरिएको थियो ।

संस्थाकी उपाध्यक्ष यादवकुमारी तिम्सिनाको अध्यक्षतामा भएको साधारणसभाको बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाईले उद्घाटन गरेकी थिइन् । कार्यक्रममा झापा नेत्रहीन संघकी अध्यक्ष यशोदा बराल , शिक्षक विज्ञान दाहाललगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा जेष्ठ नागरिक रामरुपा मगर , असल बचतकर्ता प्रतिमा पोखरेल ,असल ऋणी रणमाया तामाङ र उत्कृष्ट कर्मचारीमा व्यवस्थापक संगीता राजवंशीलाई सम्मान गरिएको थियो ।कार्यक्रमको संचालन नैनकला चुडालले गरेकी थिइन् । महिलाहरुले मात्र संचालन गरिरहेको सो सहकारी संस्थामा हाल ८२२ जना शेयर सदस्य रहेका छन् । ९० लाख ४० हजार ६ सय शेयर पुँजी रहेको संस्थाले चालु आर्थिक वर्षमा डेढ करोड शेयर पुँजी पु¥याउने लक्ष्य लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्