बिर्तामोड , पुष १२ । दमक ५ का एक युवालाई प्रहरीले मेची पुल छेउबाट ८ ग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ ।

लागुऔषध ओसार पसार भईरहेको सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले दमक–५ का ३६ बर्षीय राजु बि.क.लाई ८ ग्राम लागुऔषध ब्राउनसुगर सहित आज आइतबार पक्राउ गरेको हो । पक्राउ परेका बि.क.का सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्