फ्नो जातिलाई सतार भनी गलत ब्याख्या गरिएको भन्दै सन्थालहरुले आपत्ति जनाएका छन् । आफूमाथि भएको अपमान सहन नसकेर उनीहरुले संगठित भई झापाको चन्द्रगढीमा शान्तिपूर्ण र्याली नै निकाल्नु पर्यो । नेपाली शब्द भण्डारमा सन्थाल र सतार एउटै हो र जसको अर्थ लाजपचेको, नकचरो, लबस्तरो लेखिएको छ । त्यसलाई सच्याउनु पर्ने उनीहरुले माग गरेका हुन् । कार्यक्रममा झापाका विभिन्न नगर, गाउँपालिका तथा मोरङ र सुनसरीबाट आएका सन्थाल समुदायका सयौं संख्यामा रहेका व्यक्तिहरुले बिभिन्न प्लेकार्डसहित विरोध र्याली गरेका थिए । उनीहरुले जिल्ला प्रशासन कार्यालय झापामार्फत त्यस्ता शब्द सच्याउन सरकारलाई ज्ञापनपत्र बुझाएका छन् । सामान्य ज्ञानको पुस्तकमा पनि ससुरा मर्दा बुहारीसमेत विधुवा हुने जात कुन हो भनेर सन्थाल जातिलाई उल्लेख गरिएको छ ।

सन्थाल जातिलाई मात्र अपमान गरिएको छैन, पछि पारिएका अरु जातिका बारेमा पनि नेपाली लेखकहरुले गलत कुरा लेखेर बद्नाम गरेको पाइन्छ । राजवंशी जातिको बारेमा शोध गर्ने , लेख रचना लेख्ने निहुँमा धेरै नेपाली लेखकहरुले मनगढन्ते कुरा लेखेका छन् । अरुलाई होच्याउने गरी आफ्नो आत्मरतिका लागि कतिपय लेखकले गलत हर्कत गरेका छन् । सम्बन्धित जाति समुदायले आपत्ति जनाउँदा समेत ती लेखकहरु भूल सुधार गरी सच्याउन जिम्मेवार देखिएका छैनन् ।जसलाई हेपाई भन्न सकिन्छ । नत्र कुनै जाति समुदायको बारेमा लेख्नु पर्दा खोज अध्ययन गरेर लेख्नु पर्ने र लेख्ने क्रममा गल्ती भए क्षमायाचना गरी सच्याउनु पर्ने हो । धेरै हेप्न थालेपछि सन्थाल समुदायले सचेत गराएका हुन् ।
२०७८ को जनगणना तथ्याङ्कलाई आधार बनाएर सन्थाल जातिको बारेमा प्रकाशित लेख, रचना, पुस्तक, सामान्य ज्ञान, लोकसेवा आयोगको पुस्तकमा पहिचान र अस्तित्व स्पष्ट रुपमा हुनुपर्ने उनीहरुले बताएका छन् ।

कुनै पनि जाति समुदायको बारेमा खोज अनुसन्धान गर्नुपर्दा त्यही समुदायलाई प्रोत्साहन गर्न सकिन्छ । ती जाति समुदायको विकास नगरी अरु समुदायका व्यक्तिहरु अगाडि सरेर नकारात्मक कुराहरु लेख्दा पर्न जाने असरका बारेमा हेक्का राख्न जरुरी छ । अर्को कुरा धर्म सम्प्रदायका बारेमा लेख्नु भन्दा अगाडि एकपटक होइन , सय पटक सोच्नु पर्छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्