बिर्तामोड , पुष १४ । महेन्द्र रत्न माध्यमिक विद्यालय अनारमनीको विद्यालय व्यवस्थापन समिति गठन भएको छ ।

आज सम्पन्न अभिभावक भेलाबाट सर्वसम्मत रुपमा विद्यालय ब्यबस्थापन समितिका लागि चारजना सदस्य छानिएका छन् । हिमाल मैनाली,राजकुमार राजवंशी,पार्बता कार्की र शोभा घले दर्जीलाई व्यवस्थापन समितिका लागि चयन गरिएको हो । उनीहरुमध्येबाट समितिको अध्यक्ष छानिने छ । जम्मा ९ सदस्यीय समितिमा बाँकी ५ जना मनोनित हुनेछन् ।

नगर प्रमुख धु्रवकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा भएको भेलामा नेपाली कांग्रेसका भोजराज सिटौला , प्रेम उप्रेती , नेकपा एमालेका सुवास भट्टराई , कुमार बुढाथोकी ,माओवादीका युवराज दाहाल , राप्रपाकी रन्जु प्याकुरेललगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्