बिर्तामोड , पुष १९ । नेपाल अटो मेकानिक ट्रेड युनियन (नाटु) बिर्तामोडको पहिलो अधिबेशनबाट अध्यक्षमा डिल्लीबहादुर थापा सर्वसम्मत चयन भएका छन् ।

नगर कमिटीको उपाध्यक्षमा अमिर खान, सचिव गणेश कोइराला, सहसचिव चन्द्र दंगाल तथा कोषाध्यक्षमा भूमि कडरिया सर्वसम्मत चयन भएका छन् । त्यस्तै सदस्यहरुमा ऋषि पौडेल ,पुष्प राजवंशी, बिनोद पाण्डे, सेराज खान चयन भएका छन् । हाल संगठनमा ३ सयभन्दा बढी मेकानिक सदस्य आबद्ध रहेका छन् ।
जिफन्ट एक नम्बर प्रदेश कमिटी उपाध्यक्ष सन्तकुमार राईको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा जिफन्ट प्रदेश कमिटी सचिब अम्बिर लिङ्देन नेपाल अटो मेकानिक्स टे«ड युनियन केन्द्रीय कमिटी सदस्य निर्मला परियार, बिर्तामोड उद्योग बाणिज्य संघका महासचिव अर्जुनकुमार मैनाली, नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई , बिर्तामोड पार्ट्स ब्यबसायी संघका अध्यक्ष उपेन्द्र बानियाले शुभकामना मन्तव्य राखेका थिए ।