बिर्तामोड , पुष २० । झापा र सुनसरीको दुई छुट्टाछुट्टै स्थानमा सोमबार भएका सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

झापाको, झापा गाउँपालिका–१ लसुनामा हिजो बिहान भएको सवारी दुर्घटनामा घाईते भएका बिरगंञ्ज नगरपालिका–५ पर्साका २२ बर्षिय गनिया अबदुल मियाको उपचारको क्रममा बेलुका साढे ७ बजे B&C अस्पताल बिर्तामोडमा मृत्यु भएको हो । लसुनाको भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जादै गरेको ना ४ त ७६६७ नंम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडकमा दुर्घटना हुँदा सोही ट्याक्टरको सहचालक मिया घाईते भएका थिए । दुर्घटनाका घाईतेलाई उपचारको लागि B&C अस्पताल बिर्तामोड पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको थियो।
यसैगरी सुनसरीको धरान उपमहानगरपालिका–१५ मा रोकिराखेको ट्रकमा मोटरसाईकल ठोक्किदा चालकको मृत्यु भएको छ । सोमवार राति साढे ६ बजेको समयमा धरान–१५ को आरालाईनमा रोकिराखेको ना ७ ख ११५८ नंम्बरको ट्रकमा वा ५८ प ८३२८ नंम्बरको मोटरसाईकल आफै ठोकिएर दुर्घटना हुँदा चालक भक्तपुर घर भई धरान –१५ बस्ने ४२ बर्षीय राजेश सिजापती घाईते भएका थिए । घाईतेलाई उपचारको लागि घोपा लगिएकोमा उपचारकोमा क्रममा राति नै मृत्यु भएको हो । दुबै घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्