बिर्तामोड , पुष २१ । बिर्तामोड १ स्थित अतिथि सदनमा कार्यालय रहेको देउराली बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो १५ औँ बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

मंगलबार आफ्नै कार्यालय परिसरमा संस्थाले साधारणसभा सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष प्रकाश बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पूर्व शिक्षक तथा समाजसेवी कुलप्रसाद चाम्लिंङ, अतिथि जनसमृद्धि बहुउद्देश्यीय सहकारी संस्थाका ब्यबस्थापक तोममणि बिमली, समाजसेवी त्रिलोचन आचार्यलगायत रहेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य संस्थाकी उपाध्यक्ष प्रेमिका शेर्पाले गरेकी थिइन् । कार्यक्रममा अध्यक्ष बरालले २०७८ सालको बार्षिक प्रतिबेदन साथै भावी कार्यक्रमहरु प्रस्तुत गरेका थिए । बार्षिक प्रतिवेदन अनुसार संस्थाले यो वर्ष ४ लाख ५८ हजार ३३४ रुपैयाँ मुनाफा गरेको छ । शेयर पुंजी ४२ लाख २५ हजार १०० रुपैयाँ रहेको र आगामी वर्ष अझ धेरै मुनाफा गर्ने योजना रहेको उल्लेख छ । साथै संस्थाले युवा उद्यमी कर्जामार्फत भावी दिनमा युवालक्षित लगानी गर्ने लक्ष्य रहेको अध्यक्ष बरालले बताए । सदस्य नारदमणि नेपालले कार्यक्रम संचालन गरेका थिए ।संस्थामा १७५१ जना शेयर सदस्य रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्