बिर्तामोड, पुष २१ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) सैनिकबजार सेवाकेन्द्रको आयोजनामा सैनिकबजारमा सरसफाइ गरिएको छ ।

संस्थाको सामुदायिक कार्यक्रमअन्तरगत सरसफाई गरिएको हो। सैनिक बजारक्षेत्र हुँदै स्थानीय महेन्द्रज्योति माविको खेलमैदानसम्म गरिएको सरसफाइ कार्यक्रममा भूपू सैनिक टोल विकास संस्था, बजार व्यवस्थापन समिति, स्थानीय प्रहरी चौकीको सहभागिता रहेको थियो।

सैनिकबजार सेवाकेन्द्रगत उपसमिति संयोजक मनु मुखियाको अध्यक्षतामा भएको सरसफाइ कार्यक्रममा भूपू सैनिक टोल विकास संस्थाका अध्यक्ष अनुत सुब्बा,प्रहरी सहायक निरीक्षक नरेन्द्र चौधरी, महेन्द्रज्योति माविका विद्यालय व्यवस्थापन समिति सदस्य किरण सुब्बा, सेवाकेन्द्रगत उपसमिति सदस्य टीकाराम दंगाल,कार्यालय प्रमुख सन्तोष ढुंगाना,२ नं. एकाई उपसमिति संयोजक रत्नबहादुर बस्नेत,सामुदायिक विभाग तर्फका कर्मचारी पवन मैनाली,समाजसेवी बच्चाजी झा, पञ्चधन राईलगायतको उपस्थिति रहेको बजार प्रतिनिधि चन्द्रहादुर राईले जानकारी दिएका छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्