बिर्तामोड , पुष २३ । प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा २३ जनामा कोरोना सङ्क्रमण भएको छ ।


सामाजिक विकास मन्त्रालयका अनुसार ३३४ जनाको पीसीआर परीक्षण गर्दा १८ र ११८ जनाको एन्टिजेन परीक्षण गर्दा पाँच जनामा सङ्क्रमण देखिएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङ र सुनसरीमा सातरसात, इलाम र झापामा एकरएक र प्रदेश बाहिरका दुई जनामा सङ्क्रमण देखिएको हो । मोरङको विराटनगरमा सात, सुनसरीको इटहरीमा चार, धरानमा दुई र इनरुवामा एक, इलामको इलाम नगरपालिका र झापाको कमल गाउँपालिकामा एक–एक र प्रदेश बाहिरका दुई जनामा सङ्क्रमण देखिएको हो । देशमा आज चार महिलासहित १२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या १५० रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्