बिर्तामोड, पुष २३ । सहारा सूर्याेदय स्पिच कन्टेस्ट सिजन ३ को उपाधि निधी सेकेन्डरी स्कुल बिर्तामोडकी छात्रा स्मृति सुनुवारले हात पारेकी छन् ।

शुक्रबार भएको फाइनल प्रतियोगितामा चार प्रतिस्पर्धीलाई पछि पार्दै सुनुवारले उपाधि जितेकी हुन् । यस्तै प्रतियोगिताको दोश्रो र तेश्रो उपाधि न्युटन्स एजुकेशन एकाडेमी बिर्तामोडकी छात्रा सिम्रिका बोहोरा र पशुपति बोर्डिङ्ग स्कुल उर्लावारीका छात्र टेरिज भण्डारीले जितेका छन् । पहिलो,दोश्रो र तेश्रो हुनेले क्रमशः तीस हजार,पन्ध्र हजार, दश हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

यस्तै प्रतियोगिताको सान्त्वना स्थान ओगट्न सफल एन्जिला खड्का र एन्जिला बस्नेतले नगद पाँच–पाँच हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् । विजेताहरुलाई प्रमुख अतिथि सहारा नेपाल साकोसका कार्यवाहक अध्यक्ष हरिप्रसाद निरौला र सूर्योदय टेलिभिजनका अध्यक्ष मनोज उप्रेतीले संयुक्तरुपमा पुरस्कार प्रदान गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्