बिर्तामोड , पुष २५ । सुनसरीको ईटहरी उपमहानगरपालिका ४ भित्रि सडक खण्ड डिबिएम बोडिङ छेउमा मोटरसाईकल दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापा धुलाबारी घर भई हाल ईटहरी उपमहानगरपालिका ६ बस्ने २२ बर्षीय रोशन बिश्वकर्मा रहेका छन् । हिजो राती साढे ९ बजे पश्चिमबाट पुर्व तर्फ जादै गरेको मे १ प ५५९० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक रहेका बिश्वकर्मा गम्भिर घाईते भएका थिए । उनको उपचारको लागी धरान घोपा पुर्याउँन साथ मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्