झापा , पुष २६ । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दुईजना पक्राउ परेका छन् ।

हिजो साँझ ४.३० बजेको समयमा मेचीनगर न.पा.वडा नं. –१० मा ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले बिशेष सूचनाको आधारमा सोही ठाउँ बस्ने ३२ वर्षिय विक्रम प्रसाईको घरको भान्सा कोठामा प्रसाई र वडा नं.९ बस्ने ४४ वर्षिय संजय खड्का समेतलाई फेला पारी खानतलासी गर्दा भान्सा कोठाको र्याकमा मोवाइलको डब्बाभित्र दुई वटा प्लाष्टिकको पोकामा ५ ग्राम ब्राउनसुगर बरामद गरेको थियो । ब्राउनसुगर,सानो डिजिटल तराजु र प्रसाईको साथबाट १९ हजार ५सय रुपैयाँ बरामद गरी दुबैजनालाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्