झापा , पुष २८ । सुनसरीको ईटहरी उप–महानगरपालिकाको बसपार्क एरियाबाट नियन्त्रीत लागूऔषध ट्याब्लेटसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानबाट लागूऔषध ट्याब्लेटको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा १ नम्बर प्रदेशको प्रादेशिक अनुसन्धान समुह च्क्ष्त् बाट खटिएको प्रहरी टोलीले सिराहाको लाहान नगरपालिका–१ का ४८ बर्षीय डोमा मण्डललाई पक्राउ गरेको हो । मण्डलको साथबाट प्रहरीले कोरेक्स ५० बोतल तथा नाईट्रोसन ६०० ट्याब्लेट बरामद गरेको छ । लागूऔषध सहित पक्राउ परेका मण्डलको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।