झापा , पुष २८ । मोरङको उर्लाबारीमा आज बिहान ट्याक्टरको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ ।

उर्लाबारी नगरपालिका – ३ पूर्वपश्चिम राजमार्गमा सोल्टी पुलमा बिँहान साढे पाँच बजे ट्याक्टरले ठक्कर दिँदा उर्लाबारीस्थित नेपाल दर्शन कलेजमा अध्ययनरत विद्यार्थी निश्चल बानियाँको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । प्रहरीका अनुसार पूर्वबाट पश्चिम जाँदै गरेको को २ त ८२९६ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०१०१२ प ७१५२ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा उर्लाबारी ७ का २१ वर्षीय बानियाँको मृत्यु भएको हो । ठक्कर दिने ट्याक्टर र त्यसका चालक मोरङको मिक्लाजुङ गाउँपालिका – ६ का १९ वर्षीय मोहन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्