झापा , पुष ३० । झापाको भद्रपुरमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भद्रपुर नगरपालिका–४ का ७७ वर्षीय जगतबहादुर कार्की रहेका छन् । हिजो साँझ ६.४५ बजे भद्रपुर–बनियानी सडकखण्डको झिलमिली पुल छेउ मे १० प ४४१९ नम्बरको मोटरसाइकलले पैदलयात्री कार्कीलाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका कार्कीको भद्रपुरस्थित ओमआई पाथिभरा अस्पतालमा उपचारको क्रममा राति मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने चालक कचनकवल गाउँपालिका ७ बस्ने २४ वर्षिय माधवप्रसाद राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिएकोे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बसन्त पाठकले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्