दमक,पुष ३० । प्रतिबन्धित लागूऔषधसहित दमकबाट ३ जना पक्राउ परेका छन् ।

आज बिहान ४ः०० बजे दमक २ हम्से–दुम्से सामुदायिक जंगलमा मे ३ प ५६६२ नं. को मोटरसाईकलमा सवार ईलाम माङ्सेबुङ गा.पा. २ बस्ने बर्ष ३२ का दिपेन्द्र राई र सोही ठाउँका बर्ष १९ का नुवसन मुखियाले प्रहरीलाई देखेर भागेपछि प्रहरी चौकी बागखोरबाट खटिएको प्रहरी टोलीले उक्त मोटरसाईकललाई रोकी चेकजाँच गर्दा उनीहरुको साथमा रहेको २ ओटा झोलामा प्रतिबन्धित लागूऔषध गाँजा १२ केजी र चरेस ६ ग्राम २६० मिलिग्राम फेला पारेको थियो । उनीहरुलाई पक्राउ गरी मोटरसाईकलसहित ई.प्र.का. दमकमा ल्याई राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै दमकबाट लागूऔषधसहित थप एकजनालाई पक्राउ गरिएको छ । हिजो राति ९ बजे बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका ३ बेलडाँगी शिबिरबाट २३ बर्षीय राजन तामाङलाई ९ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमाथि थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्