झापा , पुष ३० । मोरङको लेटाङ नगरपालिका ९ बशन्त हरियाली सामुदायिक बनबाट भरुवा बन्दुक सहित एकजनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा मोरङ मिक्लाजुङ गाऊपालिका ५ का ६० बर्षीय ईन्द्र बहादुर राई रहेका छन् । आज बिहान १० बजे अस्थाई प्रहरी चौकी जाँतेबाट खटिएको प्रहरी टोलीले राईलाई भरुवा बन्दुक बोकी हिडीरहेको अबस्थामा फेला पारेको हो । उनको साथबाट प्रहरीले लोड भएको भरुवा बन्दुक–३ नाल, बारुद–२ डब्बा, गोली –१८ थान, छर्रा–५ पोका, खुकुरी–१ थान, गेटिस (गुलेली)–१ थान बरामद गरेको छ । पक्राउ परेका राईलाई ईलाका प्रहरी कार्यालय लेटाङबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्