बिर्तामोड , माघ १ । तेस्रो लहरको शुरुवातसंगै तीब्ररुपमा कोरोना संक्रमण फैलिदै गएको झापामा एक सातामा १९४ जना संक्रमित भएका छन् ।

गत आइतबार ९ जनामा संक्रमण पुष्टि भएको झापामा त्यसको भोलिपल्ट सोमबार ३४ , मंगलबार २५ , बुधबार १६, बिहीबार ३७ , शुक्रबार ५१ र आज २२ जना संक्रमित भएको स्वास्थ्य कार्यालय झापाको तथ्यांकले देखाएको छ । झापामा हाल ९८ महिला र ११६ पुरुष गरी २१४ जना सक्रिय संक्रमित रहेका छन् । त्यसमध्ये ३ जना अस्पतालमा उपचाररत रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्