बिर्तामोड , माघ ४ । तेस्रो लहर शुरु भएयता झापामा कोरोना संक्रमण बढ्दै गएको छ ।

दिन प्रतिदिन संक्रमित थपिने क्रममा मंगलबार १५३ जनालाई संक्रमण पुष्टि भएको हो । मेची र कोटीहोम ल्याबमा १७४ जनालाई परीक्षण गर्दा ११६ जनालाई संक्रमण पुष्टि भएको छ । त्यस्तै बाहिरको ल्याबबाट ४ जना र एन्टीजेन विधिबाट २३ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

गत शनिवार झापाका २२ जनालाई संक्रमण पुष्टि भएको थियो । त्यसको भोलिपल्ट आइतबार ७२ र सोमबार १३६ जनालाई संक्रमण देखिएको थियो । झापामा हाल ५६६ जना सक्रिय संक्रमित रहेका छन् । त्यसमध्ये ८ जना अस्पतालमा उपचाररत रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्