झापा, फागुन १४ । प्रदेश सरकारका भूमि व्यवस्था , सहकारी तथा गरिबी निवारण मन्त्री ओमप्रकाश सरावगीले आफूले प्रदेश सरकारको अधिवेशनमा कोच राज्यको नामकरणका बारेमा आवाज उठाउने बताएका छन् ।आदिवासी भूमिपुत्रहरुको पुरानो बसोबासस्थल भएकाले कोचहरुको पहिचान समेट्ने गरी कोच राज्य नामकरणको लागि आफ्नो भूमिका रहने उनको भनाई छ ।

राजवंशी विकास प्रतिष्ठानको प्रथम साधारणसभा तथा प्रथम अधिवेशनलाई बिर्तामोडमा उद्घाटन गर्दै प्रदेश सरकारका मन्त्री सरावगीले त्यस्तो धारणा राखेका हुन् । एक नं प्रदेशलाई किरात , लिम्बुवान घोषणा गरिनुपर्ने माग उठिरहेका बेला कोचहरुको पक्षमा कसैले पनि आवाज नउठाउनु अन्याय हुने उनले बताए । त्यसैले उनले कोचहरुको पक्षमा आफूले बोल्ने बताए । ‘ कोच समुदायका सांसदहरु पूर्णसिंह , विद्यानन्दजीलाई मैले भन्दै आएको छु तपाईहरु आफ्नो मुद्धा नछोड्नु होस् ’उनले भने ,‘त्यसमा हामी साथ दिन तयार छौं ।’ उनले विगतमा पूर्वी नेपाल आदिवासीहरुकै भएको स्मरण गर्दै कतिपय आफ्नै कारणले र कतिपय राज्यको विभेदका कारणले उनीहरु अस्तित्वविहीन बन्न लागेको अनुभव सुनाए । सामाजिक क्रियाकलापसंगै अब कोचहरुले राजनीतिमा बिशेष चासो लिनुपर्ने उनको सुझाव थियो ।

कार्यक्रममा बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतारा प्रसाई , बिर्तामोड ५ का वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन , बाह्रदशी गाउँपालिका वडा नं १ का वडाध्यक्ष शम्भुसिंह राजवंशी , ३ नं वडाध्यक्ष विरेन्द्र राजवंशी , नेकपा एमाले बिर्तामोडका अध्यक्ष सुवास भट्टराई , आदिवासी जनजाति महासंघ बिर्तामोडका उपाध्यक्ष राजकुमार राजवंशी ,थारु कल्याणकारिणी सभाका जिल्ला सल्लाहकार लवकुमार चौधरी , कोचिला संघर्ष समितिका संयोजक त्रिनारायण राजवंशीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिष्ठानका अध्यक्ष सुरेन राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष रुपा राजवंशीले राखेकी थिइन् ।कार्यक्रमको संचालन सचिव इन्द्रसिंह राजवंशीले गरेका थिए । कार्यक्रममा बिर्तामोड नगरपालिकाका जनप्रतिनिधिहरु भक्तसिंह राजवंशी , गंगा राजवंशी , दिलकुमारी राजवंशी , पूर्णप्रसाद राजवंशी , लक्ष्मी बाँसकोटा , कोचिला एकता मोर्चाका अध्यक्ष दिनेश राजवंशी, राजवंशी चलचित्र कलाकार उत्थान केन्द्रका अध्यक्ष होमनारायण राजवंशीलगायतको उपस्थिति रहेको थियो ।

यसैबीच अधिवेशनले पुनः सुरेन राजवंशीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । जसको उपाध्यक्षमा रुपा राजवंशी , सचिव इन्द्रसिंह राजवंशी ,कोषाध्यक्ष झलकसिंह राजवंशी तथा सदस्यहरुमा शर्मिला राजवंशी , शम्भुसिंह राजवंशी , गंगा राजवंशी , पूर्णकुमारी राजवंशी , मेनुका राजवंशी , मनुकुमारी राजवंशी , अन्जु राजवंशी रहेका छन् । त्यस्तै सल्लाहकारमा लखनलाल राजवंशी , जितलाल राजवंशी , भक्तसिंह राजवंशी , दिलकुमारी राजवंशी , सकुन राजवंशी र होमनारायण राजवंशी रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्