दोहा, फागुन १५ । प्रवासी भुजेल समाज कतारको छैटौं अधिवेशन सम्पन्न भएको छ ।

गत शुक्रबार सम्पन्न अधिवेशनबाट सर्वसम्मतिले युवराज भुजेल अध्यक्षमा निर्वाचित भएका छन् ।त्यस्तै समाजको बरिष्ठ उपाध्यक्षमा प्रभात भुजेल, प्रथम उपाध्यक्ष शिवबाबु भुजेल, द्वितीय उपाध्यक्ष उमेश भुजेल, महासचिव दुर्गा भुजेल, सचिव छवि भुजेल, कोषाध्यक्ष सन्तोष भुजेल र सह–कोषाध्यक्षमा बालकुमार भुजेल रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा चित्रबहादुर जि.सी.,रमेश भुजेल, गीता भुजेल,माया भुजेल, कुमारी भुजेल , रत्ना भुजेल, पुजा भुजेल, दिपक भुजेल,शितल भुजेल रहेका छन् । त्यस्तै प्रदेश नम्बर १ संयोजकमा अन्तर भुजेल,मधेस प्रदेश संयोजक सुजनमान भुजेल, गण्डकी प्रदेश संयोजक श्रीमान जि. सी.,बागमती प्रदेश संयोजक रोज भुजेल रहेका छ्न ।

‘भुजेल जातिको विकास र उन्नतिको आधार, सांस्कृतिक चेतना शिक्षा र रोजगार’ भन्ने नाराका साथ सन् २०१० मा कतारमा प्रवासी भुजेल समाज स्थापना गरिएको थियो । समाजका अध्यक्ष बिनोद भुजेलको सभापतित्व तथा नेपाल आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष पुरुषोत्तम सुनुवारको प्रमुख आतिथ्यमा गोर्खा नेपाली रेस्टुरेन्टको सभाहलमा अधिवेशन आयोजना गरिएको थियो ।

कार्यक्रममा एनआरएनए कतार अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान, मातृ संघसंस्थाका प्रतिनिधिलगायत दोहा कतारमा स्थापित विभिन्न संघसस्था प्रतिनिधि, बुद्धिजीबि, समाजसेवी, पत्रकार,भुजेल बन्धु र अन्यको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमका वक्ताहरुले समाजको उत्तरोत्तर प्रगतिको कामनासहित नयाँ कार्यसमितिलाई बधाई दिएका थिए । प्रवासमा रहेर पनि भुजेल जातिको हकहितको निम्ति संस्थाले गरेको विभिन्न योगदानको प्रशंसा गरिएको थियो । कार्यक्रममा सांस्कृतिक प्रस्तुती दिने सपना संगीत परिवारका कलाकारहरु, डाँफे म्युजिक प्रा.लिका कलाकारहरु,समाजकै कलाकारहरु, संस्थाका मानार्थ सदस्यलगायतलाई कदरपत्र र प्रशंसापत्रले सम्मान गरिएको थियो । त्यस्तै पूर्व अध्यक्ष तथा प्रमुख सल्लाहकार मिलनकुमार भुजेललाई खादा ओढाई सम्मान गरिएको थियो ।

अध्यक्ष बिनोद भुजेलले समापन मन्तब्य राख्दै छैटौं अधिवेशनलाई सफल पार्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिएका थिए । कार्यक्रमको बारेमा समाजका प्रमुख सल्लाहकार मिलनकुमार भुजेलले प्रकाश पारेका थिए । महासचिव युवराज भुजेलले सहजीकरण गरेको कार्यक्रममा स्वागत मन्तव्य प्रथम उपाध्यक्ष प्रभात भुजेलले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्