झापा , फागुन १९ । रूस र युक्रेनबीच युद्ध चलिरहेको छ ।

रूसले युक्रेनमाथि स्थल र हवाई मार्फत आक्रमण गरिरहेको छ । रूसी आक्रमणले युक्रेनका धेरै शहर क्षतिग्रस्त भइरहेका छन् । रूसी आक्रमणको विरोधमा विश्वभरमा नागरिक सडकमा ओर्लिएका छन् भने यसैक्रममा नेपालका एक युवा रूसविरुद्धको लडाइँमा युक्रेनको पक्षबाट लड्ने भएका छ । नेपालबाटै गएका एकजना युवकको भिडिओ बुधबार सामाजिक सञ्जालमा भाइरल बनेको छ । युक्रेनबाटै सार्वजनिक भएको उक्त भिडियोमा नेपाल घर भएको बताउँदै प्रताप बस्नेत नामका ती युवाले रूसविरुद्ध लड्न तयार रहेको बताएका छन् । ’रूसविरुद्ध लड्न युक्रेनको पक्षमा लागेको छु । यो निणर्य मेरा लागि गर्वको विषय हो’, एक मिनेट लामो उक्त भिडियोमा उनले बताएका छन्, ’रूसले युक्रेनमाथि गरेको सैन्य कारबाहीले आफूलाई निद्रा लागेको छैन । म मानवताको पक्षमा छु । म युक्रेनी सेनामा प्रवेश गर्ने निणर्य गरेको छु ।’ यो विषयमा नेपाल सरकारले कुनै आधिकारिक पुष्टि भने गरेको छैन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्