माईजोगमाई , फागुन २२ । यतिबेला माईजोगमाई गाउँपालिका टिम गाउँपालिकाको विकासको लागि कम्मर कसेर लागेको छ । माईजोगमाई गाउँपालिकाको पर्यटकीय स्थलहरुको संरक्षण गर्न माईजोगमाई गाउँपालिका अध्यक्ष जितबहादुर राई आफै लागेका हुन् ।

माईजोगमाई गाउँपालिका वडा नं ६ प्याङमा रहेको डंग्युर ञिङमा पल्युल ओर्गेन लोङ्कुई लिङ गोन्पालाई गुम्बा निर्माणको लागि माईजोगमाई गाउँपालिका अध्यक्ष राईले आफ्नो ब्यक्तिगत तर्फबाट एक लाख चार हजार रुपैयाँ बराबरको इँटा हस्तान्तरण गरेका छन् । गुम्बा ब्यवस्थापन समितिले गुम्बा निर्माणको लागि इँटा पाएपछि खुशी ब्यक्त गरेको छ ।

कुनै पनि राजनैतिक प्रलोभन नदेखाई गुम्बाको निर्माण कार्यका लागि सहयोग गरेको गाउँपालिका अध्यक्ष राईले बताए । गाउँबासीको साथ सहयोग भएमा माईजोगमाई गाउँपालिकाको अन्य क्षेत्रको विकासमा आफू अहोरात्र खटिने राईले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्