बिर्तामोड , फागुन २२ । बिर्तामोड नगरपालिकाले एक संस्थासहित १० जना श्रमिक महिलालाई सम्मान गरेको छ ।

११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बिर्ताबजारमा शुभकामना तथा महिला सम्मान कार्यक्रमको आयोजना गर्दै नगरपालिकाले विभिन्न विधाका श्रमिकहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा वडा नम्बर १ की वेदकुमारी कुमाल,वडा नम्बर २को पूर्वेली महिला नौमती बाजा समूह,वडा नम्बर ३ की प्रतिभा राजवंशी,वडा नम्बर ४ की थिरादेवी भट्टराई अधिकारी,वडा नम्बर ५ की मंगलमाया केरुङ,वडा नम्बर ६ की फुलमति करुवा,वडा नम्बर ७ की गीता चौधरी,वडा नम्बर ८ की लिला राजवंशी,वडा नम्बर ९ की सुरजमुनि टुडू र वडा नम्बर १० की बुद्धिमाया किस्कू रहेका छन् ।उनीहरुलाई नगर उपप्रमुख पवित्रा महतारा प्रसाई र वडा नम्बर ४का वडाध्यक्ष कुलप्रसाद संग्रौलाले अबिर,माला लगाइदिएर मायाको चिनोसहित सम्मानपत्र प्रदान गरे ।

कार्यक्रममा नगरको न्यायिक समिति शाखा अधिकृत टिका लामिछानेले बेइजिङ घोषणापत्र प्रस्तुत गरेकी थिइन् । घोषणापत्रमाथि न्यायिक समितिकी कानुनी सल्लाहकार कमला आचार्य र वीरता लेडी जेसीजकी निवर्तमान अध्यक्ष स्वस्तिका आचार्यले टिप्पणी गरेकी थिइन् ।

नगरप्रमुख ध्रुवकुमार शिवाकोटीको प्रमुख आतिथ्य तथा उपप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने,वडा नम्बर ४का वडाध्यक्ष कुलप्रसाद संग्रौला,एविसी नेपाल झापाकी अध्यक्ष कञ्चना सिटौला,महिला मुक्ति अभियानकी अध्यक्ष राधा सुव्वा,तिलरुपा श्रेष्ठलगायतले महिला हक अधिकार र वर्तमान अवस्थाको बारेमा बोलेका थिए । कार्यक्रममा वडा नम्बर ६ की वडा सदस्य पवित्रा ढुङ्गानाले स्वागत तथा नगरकी कर्मचारी गोमा पोख्रेलले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्