झापा, फागुन २२ । झापामा वन पैदावार ओसारपसार मुद्दाका एक फरार अभियुक्त ११ वर्षपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा साविक अनारमनी गाविस– ४ हाल अर्जुनधारा नगरपालिका– ७ बस्ने २८ वर्षीय गजेन्द्र राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार झापा जिल्ला अदालतले २०६७ साल फागुन १७ गते गरेको फैसला अनुसार वन पैदावार ओसारपसार मुद्दामा राईलाई एक वर्ष कैद सजाय र २९ हजार ६ सय रुपैयाँ जरिवाना तोकिएको थियो ।
अदालतको फैसलादेखि नै फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले आइतबार पक्राउ गरेको हो । उनलाई अदालतको आदेशबमोजिम कैद भुक्तान लागि झापा कारागार पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।