झापा , चैत १६ । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दुईजना बसयात्री पक्राउ परेका छन् ।

बुधवार दिउँसो ४.३० बजे बसमा यात्रा गरिरहेका दुई जनाबाट प्रहरीले ब्राउनसुगर बरामद गरेको हो ।लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर ६ मा पूर्वबाट पश्चिमतर्फ जादैँ गरेको प्र.३–०१–००६ ख ०६२६ नं.को बस रोकी चेकजाँच गर्ने क्रममा चालकको पछाडी रहेको सिटमा सवार झापा बुद्धशान्ति ४ बस्ने ४३ वर्षिय किशोर सुनुवार र काठमाण्डौ महानगरपालिका ५ बस्ने ३१ वर्षिय सन्त महर्जनले बोकेको पछाडी भिर्ने कालो रङको झोलाभित्र २८ ग्राम ब्राउनसुगर बरामद गरेको थियो । दुवैलाई नियन्त्रणमा लिई ईप्रका काँकरभिट्टामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाठकले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्