बिर्तामोड , चैत ३० । राष्ट्रिय प्रजातन्त्र पार्टी अर्जुनधारा १ अध्यक्ष एवम् राप्रपा झापा सांस्कृतिक बिभाग प्रमुख नरेन्द्र अधिकारीको टिपरको ठक्करबाट मृत्यु भएको छ ।

टिपरको ठक्करबाट घाइते भएका अर्जुनधारा १ बस्ने ४५ वर्षिय अधिकारीको उपचारका क्रममा मृत्यु भएको हो । चैत २७ गते दिउँसो २.१५ बजेको समयमा अर्जुनधारा ८ शनिश्चरे बजारस्थित भित्री पक्की सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको ना.७ ख १९०० नं. को खाली टिपर र सोही दिशातर्फ जाँदै गरेको प्र.१–०१–०१४ प ९४४० नं.को मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक अधिकारी घाइते भएका थिए । घाइतेको उपचारका क्रममा हिजो दिउँसो ३.२० बजे बिएण्डसी अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनापछि दुबै सवारी साधन र टिपर चालक अर्जुनधारा ४ बस्ने ४३ वर्षिय सूर्यनारायण चौधरीलाई बिर्तामोड प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्