कालीस्थान, बैशाख १ । जलकन्या कीर्तन मण्डली एवं ओमकार कीर्तन मण्डलीले आफ्नो वार्षिक उत्सवको अवसर पारेर विभिन्न कार्यक्रम सम्पन्न गरेको छ ।

अर्जुनधारा– १० स्थित जलकन्या मन्दिर परिसरमा बुधबार साँझ आयोजित कार्यक्रममा प्रमुख अतिथि कालिकापीठका आचार्य रघुनाथ रिजालले आत्मा जागरुक भएर भगवानको संकीर्तन गर्नाले जानी नजानी गरिएका पापकर्मबाट मोक्ष प्राप्त हुने धारणा राखे ।
कार्यक्रममा मन्दिरको संरक्षण एव विकासमा सहयोग पुर्याउने चन्द्रशेखर दाहाललाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।

यसैगरी स्थानीय पदम तामाङलाई अन्नदानद्वारा अतिथि सन्तबिर बुढाथोकी र मैतिदेवी तामाङलाई बस्त्रदानद्वारा अतिथी इन्दु पूर्वेलीले सम्मान गरेका थिए ।
पन्चकन्या कीर्तन मण्डली, लक्ष्मीनारायण कीर्तन मण्डली, आनन्दपोखरी कीर्तन मण्डली, भद्रकाली कीर्तन मण्डली

श्रीहरि कीर्तन मण्डली, श्री नारायण कीर्तन मण्डली, कालिका कीर्तन मण्डली सुधासागर कीर्तन मण्डली, भुवनेश्वर कीर्तन मण्डलीलगायतले भजन कीर्तन एवं धार्मिक झाँकी प्रस्तुत गरेका थिए ।
तीमध्ये राम बस्नेतबाट डडिया नृत्यलाई र प्रश्नोतर कार्यक्रमका बिजयीलाई शिवप्रसाद अधिकारीले पुरस्कार प्रदान गरे । प्रश्नोत्तरमा धनमाया भण्डारी र के बि कडरिया बिजयी भएका थिए ।
देबिमाया बिष्टको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन रुद्र खतिवडाले गरेका थिए । कार्यक्रममा जलकन्या कीर्तन मण्डली परिवारले ताण्डव नृत्य प्रस्तुत गरेका थिए

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्