झापा , बैशाख २ । झापा नेत्रहीन संघको १५ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

संघका अध्यक्ष सृजना बरालको अध्यक्षता र जिल्ला समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सहयोगी संस्था स्वच्छ समाजका लागि सामाजिक अभियान झापाको तर्फबाट ६० नेत्रहीन परिवारलाई झुल वितरण गरिएको छ ।

कार्यक्रममा सहयोगी दाताहरु कृष्णमाया कार्की,हेमलता लिम्बू,गोमा मैनाली खड्का, संगम राई, निलम अग्रवाललाई सस्थाको तर्फबाट धन्यवाद दिइएको थियो । कार्यक्रममा सामाजिक अभियन्ता गणेश ढुंगाना, कृष्ण हुमागाई, शर्मिला बिक,द्रोण निरौला, शिशिर खड्कालगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सहजीकरण सचिव भोजकुमार तामाङले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्