बिर्तामोड, बैशाख २ । नेपाल ट्रेड युनियन कांग्रेस झापाले स्थानीय तहको निर्वाचनमा कांग्रेस पार्टीका उम्मेदवारलाई जिताउन सशक्त भुमिका खेल्ने निर्णय गरेको छ ।

ट्रेड युनियन कांग्रेस झापाका अध्यक्ष यज्ञप्रताप अधिकारीको अध्यक्षतामा सम्पन्न आबद्ध सस्थाका अध्यक्षहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । बैठकले आगामी बैशाख १८ गते १३३ औ मे दिवस भब्यताका साथ बिर्तामोडमा मनाउने निर्णय गरेको छ ।

ट्रेड युनियन कांग्रेसका केन्द्रीय सदस्य उर्मिला ढकाल, प्रदेश उपाध्यक्ष दीपक प्रधानलगायत सहभागी बैठकले रिक्सा तथा ठेला श्रमिक संघका पूर्व अध्यक्ष एवं अग्रज ट्रेड युनियनकर्मी मनिका माझीलाई जिल्ला सदस्यमा मनोनयन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्