झापा , बैशाख ६ । पाँचथरको कुम्मायक गाउँपालिका-५ लुम्वुघाट स्थित तमोर नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका बेलका नगरपालिका-६ उदयपुरका ३० बर्षीय हरी राई मृत अवस्थामा फेला परेका छन् ।

बैशाख २ गते दिउँसो साथीहरुसंग रवरको ट्युवमा पौडी खेल्ने क्रममा तमोर नदीमा डुबेर बेपत्ता भएका राईको खोज तलासको क्रममा हिजो बेलुका ५ बजे धनकुटाको चौबिसे गाउँपालिका-७ स्थित तमोर नदीको किनारमा मृत अवस्थामा लाश फेला परेको हो । मृतक राई स्वच्छन्द निणर्ण सेवा प्रा.लि.ले निर्माण गर्दै गरेको कुम्मायक-५ लुम्वुघाट स्थित तमोर नदीमा पाँचथर-तेह्थुम जोड्ने निर्माणाधिन पुलका कामदार हुन । घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्