सारदा खवास,
दोहा , बैशाख ६ । इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमादानको अवसरमा २१ जना नेपाली कैदीबन्दीहरुले आममाफी पाएका छ्न ।

कतारका अमिर मौसूफ शेख तमिम बिन हमाद अल थानीले इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमादानको अवसरमा कतारस्थित कारागारहरूमा विभिन्न कसुरमा सजाय पाई बन्दी जीवन व्यतित गरिरहेका नेपालीहरूलाई आममाफी दिएका हुन् ।

आममाफी पाउनेहरुमा यौनजन्य क्रियाकलापमा ३, चोरीजन्य क्रियाकलापमा ११, मादकपदार्थ बिक्रीवितरणमा २ र आर्थिक हिनामिनामा ५ रहेका छन् । क्षमादान पाउने व्यक्तिहरुलाई सम्बन्धित निकायले जानकारी गराउने प्रक्रियामा रहेको नेपाली दूतावासले जनाएको छ । चालचलन तथा कैद भुक्तानीको आधारमा कतारका अमिरबाट हरेक वर्ष रमादान महिना र राष्ट्रिय दिवसमा कैदीबन्दीहरुलाई आममाफी दिने चलन रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्