झापा , बैशाख ८ । साउथका सुपरस्टार यश आफ्नो भर्खरै रिलिज भएको फिल्म ‘केजीएफ-२’ ले एकपछि अर्को रेकर्ड तोड्दैछ ।

मनोबाला विजयबलनले सामाजिक सञ्जालमा पोस्ट सेयर गर्दै १०० करोडको बजेटमा बनेको ‘केजीएफ-२’ ले ६ दिनमा अहिलेसम्म ६७६.८० करोड रुपैयाँको ग्रस वर्ल्ड वाइड बक्स अफिस कलेक्सन गरेको बताएका छन् । योसँगै ’केजीएफ-२’ प्रभासको ’बाहुबली-१’ को ६ दिनमा लाइफटाइम ग्रोस (रु. ६५० करोड) व्यापारलाई पछि पार्दै अहिलेसम्मकै सबैभन्दा धेरै कमाउने आठौँ भारतीय फिल्म बनेको छ । मनोबाला विजयबलनले भनेका छन् ‘केजीएफ-२’ ले छैटौं दिन अर्थात मंगलबार ५१.६८ करोडको ग्रस वर्ल्ड वाइड व्यापार गरेको छ । यसअघि फिल्मले विश्वभर ७३.२९ करोड, चौथो दिन (आइतबार) १३२.१३ करोड, तेस्रो दिन (शनिबार) ११५.०८ करोड, दोस्रो दिन (शुक्रबार) १३९.२५ करोड र पहिलो दिन (बिहीबार) १६५.३७ करोडको व्यापार गरेको थियो ।‘केजीएफ-२’ को हिन्दी संस्करणले ६ दिनमा २३८ करोड कमाएको छ । तरण आदर्शले पोस्ट सेयर गर्दै ‘केजीएफ-२’ को हिन्दी संस्करणले ६ दिनमा मात्रै भारतमा २३८.७० करोडको व्यापार गरेको बताए । तरणका अनुसार सातौं दिन अर्थात बुधबार फिल्मले ‘बाहुबली २’ ले २ सय ५० करोडभन्दा बढीको व्यापार गरेर पहिलो हप्ताको कमाईको रेकर्ड तोड्ने छ । योसँगै ‘केजीएफ-२’ २५० करोडको आँकडा पार गर्ने पहिलो हिन्दी फिल्म पनि बन्नेछ ।‘केजीएफ-२’ को हिन्दी संस्करणले छैटौं दिन भारतमा १९.१४ करोडको व्यापार गरेको तरणले बताए । यसअघि फिल्मको हिन्दी संस्करणले पाँचौं दिन २५.५७ करोड, चौथो दिन ५०.३५ करोड, तेस्रो दिन ४२.९० करोड, दोस्रो दिन ४६.७९ करोड र पहिलो दिन ५३.९५ करोड कमाएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्