बिर्तामोड ,बैशाख ९ । आसन्न स्थानीय निर्वाचनका लागि पालिका प्रमुख तथा उपप्रमुख उम्मेदवारहरूको निर्णय गर्न नेपाली कांग्रेस झापाले छलफल शुरु गरेको छ ।

उम्मेदवार सिफारिस गर्नका लागि नेपाली कांग्रेस झापाले संसदीय बोर्ड बनाएको थियो । सोही बोर्डले नगर र गाउँ समितिबाट आएका नामहरु उपर छलफल थालेको हो । ती गाउँ तथा नगर समितिले तीनजनाको नाम सिफारिस गरी पठाएकोमा दुईजनाको मात्र सिफारिस गर्न लगाउने विषयमा छलफल भएको जनाइएको छ । जिल्लाको संसदीय बोर्डले प्रदेश समितिलाई रायसहित सिफारिस पठाउने बुझिएको छ ।

बोर्डको बैठक भोलि पनि बस्ने र संभवतः पर्सीसम्म उम्मेदवार यकिन भइसक्ने पार्टीका जिल्ला सभापति देउमान थेबेले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्