झापा, बैशाख १५ । आकाशमा हरेक दिन सूर्यको चमक र हरेक रात चन्द्रमाको उज्यालो त सबैले देखेकै हो तर अचेल हरेक बिहान झिसमिसेमा आकाशका अन्य ग्रहको विशिष्ट दृश्य पनि देख्न पाइन्छ ।

अघि-पछि आकाशमण्डलमा मानिसको नजरबाट धेरै पर रहेका ग्रह अहिले सहजै देख्न पाइने विज्ञहरूले बताएका छन् । ग्रहहरू धर्तीमा झर्न उद्यत भएको यो अकल्पनीय दृश्य बारम्बार नआउने अवलोकनकर्ताहरूले बताए । उनको अनुसार पृथ्वीको परिक्रमा गर्ने ग्रहहरूमध्येका चार ग्रह र चन्द्रमा एकै लहरमा आकाशमा पौडी खेल्न लामबद्ध भएर बसेझैँ गरी बसेको हेर्न पाइन्छ । यो दृश्य जुनसुकै बेला हेर्न पाइने होइन । खुला आकाशमा खुला आँखाले नै यो दृश्यावलोकन गर्न सकिने बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले जानकारी दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको उक्त समितिले यस विषयमा अध्ययन अवलोकन गरेपछि आमसर्वसाधारणलाई हेर्न अपिल गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्