झापा, बैशाख १८ । इलाम नगरपालिका-८ स्थित सिङफ्रिङमा एक महिलाको शव गाडिएको अवस्थामा भेटिएको छ ।

c

शनिबार साँझ प्रहरीले खनेर हेर्दा घाँटी र शरीर अलग भएको अवस्था शव भेटिएको स्थानीयले बताएका छन् । हातसमेत काटिएको अवस्थामा खाल्डोमा महिलाको शव भेटिएको छ । केही दिन अघिदेखि वेपत्ता भएकी विनिता काफ्लेको शव पहिचान भएको स्थानीयले बताएका छन् । अन्दाजी २५ वर्षीया काफ्ले वैशाख १४ गतेदेखि वेपत्ता भएकी थिइन् । घरदेखि दुई सय मिटर टाढा गाडेको अवस्थामा भेटिएको हो । उनको श्रीमानको गत वर्ष वैदेशिक रोजगारीका क्रममा विदेशमै मृत्यु भएको थियो । प्रहरीले महिलाको शव पोष्टमार्टमका लागि इलाम अस्पताल पुर्याएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्