झापा , बैशाख २९ । संयुक्त गठबन्धनका तर्फबाट दमक नगरपालिका मेयर पदका उम्मेदवार रामकुमार थापा अस्पतालबाट डिस्चार्ज भएका छन ।

उनलाई चुनावी अभियानका क्रममा बुधबार विहान अचानक केही असजिलो भएपछि आम्दा अस्पताल भर्ना गरिएको थियोे । त्यहाँबाट उनलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । उनलाई प्रारम्भिक चरणको एपेन्डिसाइटिस् भएको जनाइएको छ ।

हाल स्वास्थ्यमा उल्लेख्य सुधार भइसकेको र तत्काल अपरेसन गर्नु नपर्ने भएकाले बिहीबार साँझ डिस्चार्ज गरिएको संयुक्त गठबन्धन दमकका चुनाव प्रचारप्रसार समितिका संयोजक तिर्थराज बस्नेतले जानकारी दिए ।
उनले स्वास्थ्य अवस्था सामान्य रहँदारहँदै आम्दा अस्पतालमा नेताकार्यकर्ताको अत्यधिक भीडले गर्दा बुधबार साँझ धरान लगिएको बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्