बिर्तामोड , जेठ २ । नेकपा एमालेले बिर्तामोड नगरपालिकामा विजयी सुरुवात गरेको छ ।

नगरको १ नम्वर वडामा एमालेको प्यानल नै विजयी भएको हो । एमालेका तर्फबाट वडाध्यक्षका प्रत्यासी अग्निप्रसाद पाण्डे १४६९ मतसहित विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बलराम कार्कीले १२२३ मत पाएका छन् । पाण्डे दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।
त्यस्तै खुल्ला सदस्यमा योगचन्द्र आङबुहाङ १३६० , टेकबहादुर अधिकारी १३३४ , महिला सदस्य यमुनादेवी आचार्य १४२५ , दलित महिला सदस्य कमला महरा दर्जी १४५५ मत ल्याई विजयी भएका छन् ।