झापा , जेठ २ । झापा गाउँपालिका १ पछि वडा नं २ पनि नेपाली कांग्रेसले प्यानल नै जितेको छ ।

गएराति सम्पन्न मतगणना अनुसार निवर्तमान वडाध्यक्ष नेकपा एमालेका नेत्रबहादुर खड्कालाई पराजित गरी कांग्रेसका हिमालकुमार चम्लागाई प्यानलसहित निर्वाचित भएका हुन् । चम्लागाईले ९८० र खड्काले ७५९ मत पाएका छन् ।

त्यस्तै खुल्ला सदस्यमा कांग्रेसका मोहनकुमार राजवंशी ८९१ , राजकुमार काहार ८३४ , महिला सदस्यमा कविता सोरेन ९४३ र दलित महिला सदस्यमा बाबरीदेवी परियार १०१३ मत ल्याई निर्वाचित भएका छन् । यसअघि वडा नं १ मा कांग्रेसका राजकुमार यादवले प्यानलसहित जितिसकेका छन्

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्