झापा, जेठ २ । झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. १ मा नेकपा एमालेले वडाध्यक्षसहित प्यानल नै जितेको छ ।

सो वडामा एमालेका अनिल वाग्ले वडाध्यक्षमा विजयी भएका छन् । वाग्ले २०४३ मत प्राप्त गरी विजयी भएका हुन् ।उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हेमन्त बरालले १३५० मत प्राप्त गरे । त्यस्तै राप्रप्राका गिरिराज दंगालले ७५१ मत प्राप्त गरेका छन् । वाग्ले बुधबारे जेसीजका निवर्तमान अध्यक्ष, बुद्धशान्ति प्रेस क्लबका अध्यक्ष तथा पूर्वेली साप्ताहिकका सम्पादक हुन् ।
वडाध्यक्षमा वाग्लेसँगै महिला सदस्यमा तुलसा खतिवडा रेग्मी १७२२, दलित महिला सदस्यमा सुमित्रा विश्वकर्मा १६५९ , खुल्ला सदस्यमा मोहनकुमार राई १३६० र लक्ष्मीप्रसाद कँडेल १४२१ मतसहित विजयी भएका छन् ।