झापा , जेठ २ । झापाको गौरादह नगरपालिका वडा नं २ मा नेपाली कांग्रेसले प्यानलै जितेको छ ।

वडाध्यक्षमा गोपालप्रसाद कोइरालासहित कांग्रेसले प्यानलमा विजयी हासिल गरेको हो । कोइरालाले १०६८ मत पाएका छन् । उनका प्रतिद्वन्द्वी एमालेका डिल्लीराम काफ्लेले ९९८ मत ल्याएका छन् । सदस्यमा कांग्रेसका शंकरप्रसाद कट्टेलले १०३० , उत्तमबहादुर बस्नेतले ९५६ , महिला सदस्यमा बिमला बाँस्तोलाले १०६२ र दलित महिला सदस्यमा अम्बिका वर्देवाले १०६५ मतसहित विजयी हासिल गरेका छन् ।