झापा, जेठ ३ । गठबन्धनबाट काँग्रेसका उम्मेदवार बनेका बन्धु कार्की भद्रपुर नगरपालिका ५ को वडा अध्यक्षमा पुनः निर्वाचित भएका छन् ।

Advertisement

माओवादी केन्द्र र एकीकृत समाजवादीसँग नगरमा चुनावी तालमेल गरेका काँग्रेसका कार्कीले निकटतम् प्रतिस्पर्धी राप्रपाका देवकुमार घिमिरेलाई ३१९ मतान्तरले पराजित गरी वडा अध्यक्षमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

कार्कीले १३८१ मत ल्याउँदा घिमिरेले १०६२ मत ल्याएका छन् । एमालेका रेवतीरमण खनालले २६५ र जसपाका विकासकुमार गुप्ताले ६३ मत ल्याएका छन् ।
त्यस्तै वडा सदस्यमा काँग्रेसबाट नारद राजवंशी ११४८, महिला सदस्यमा ललिता ठाकुर १२२०, दलित महिला सदस्यमा मंजुदेवी अघोरी ११८५ मत ल्याएर विजयी भएका छन् । गठबन्धनबाट माओवादीका वडा सदस्यका उम्मेदवार बुद्धिमान लिम्बूलाई पराजित गर्दै राप्रपाका जेष्ठमल ठाकुर विजयी भएका छन् ।ठाकुरले १०८९ र लिम्बूले ७६२ मत ल्याएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्