झापा , जेठ २३ । खोटाङको केपिलासगढी गाउँपालिका २ खार्ताम्छाका २९ बर्षीय मनकुमार राईले सामान्य वादविवाद हुँदा धकेलेर लडाउँदा एकजना वृद्धाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही स्थानका ६९ बर्षीय हरिप्रसाद राई रहेक छन् । गत १९ गते राति ११ बजे धकेलेर लडाउँदा घाईते भएका हरिप्रसादको न्युरो अस्पताल कांठमाण्डौ उपचारको क्रममा हिजो राति १ बजे मृत्यु भएको छ । मनकुमार राईलाई भने जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरि थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्