झापा , जेठ २३ । सलमान खानलाई ज्यान मार्ने धम्कीपछि मुम्बई प्रहरी एक्सनमा आएको छ ।

सोमबार मुम्बई प्रहरीको टिम सलमान खानको घर ग्यालेक्सी अपार्टमेन्टमा पुगेको छ । सलमान खानलाई आइतबार सिद्धु मुसेवालाकै शैलीमा हत्या गरिदिने धम्की दिइएको थियो । सलमान खान र उनका पिता सलिम खानको नाममा अज्ञात व्यक्तिले चिट्ठी पठाएका थिए । यो चिट्ठी आइतबार बान्द्राको ब्यान्डस्ट्यान्ट प्रोमेनाडमा भेटिएको थियो । उक्त चिट्ठी सलिम खानका गार्डले त्यहाँ भेटेका थिए जहाँ सलिम मर्निङ वाकपछि गएर बस्छन् ।धम्कीयुक्त पत्रमा लेखिएको थियो, ‘सलिम खान, सलमान खान छिट्टै तिमीहरुले हाल पनि सिद्धु मुसेवालाको झैँ हुनेछ ।’ यसबारे मुम्बईको बान्द्रा प्रहरीले एफआइआर दर्ता गरेको थियो ।
सलमान खानको सुरक्षा बढाइयोः
सिद्धु मुसेवालाको हत्यापछि सलमान खानले धम्कीयुक्त चिट्ठी पाउँदा पूरा बलिउडमा हलचल मच्चिएको छ । प्रहरी पनि यो मामिलामा सतर्क छ र यसबारे निकै सुक्ष्म ढङ्गले अनुसन्धान गरिँदैछ । सोमबार मुम्बई प्रहरीको टिम सलमान खानको घर ग्यालेक्सी अपार्टमेन्टमा पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्