झापा , जेठ २६ । बिर्तामोड नगरपालिकामा दर्ता शिविर सुरु भएको छ ।

वडा नम्बर १ को किरात याक्थुङ चुम्लुङ जिल्ला कार्यसमितिको कार्यालयमा बुधबार आयोजित कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले निस्सा प्रदान गरेर शिविरको उद्घाटन गरे ।

वडाध्यक्ष अग्नीप्रसाद पाण्डेको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा विवाह दर्ता र बसाईसराईको निस्सा वितरण गरिएको थियो । चन्द्रप्रसाद ढकाल र निशा खड्काको विवाह दर्ता र ओमबहादुर लिम्बूको वसाईसराईको सूचना फारमको निस्सा प्रमुख प्रशासकीय अधिकृत न्यौपाने र वडाध्यक्ष पाण्डेले संयुक्तरुपमा हस्तान्तरण गरेका थिए ।

शिविरमा व्यक्तिगत घटना दर्ता,सामाजिक सुरक्षा भत्ता दर्ता र गुनासो समेत दर्ता गर्न सकिने छ । शिविर असार १५ गतेसम्म तालिका अनुसार नगरका सबै वडामा सञ्चालन हुने छ । प्रत्येक वडाका विभिन्न स्थानमा ३ दिनसम्म शिविर सञ्चालन हुने छ । वडा नम्बर १मा जेष्ठ २५,२६ र २७ गतेसम्म अतिथि सदन,सूर्यनगर कालिमन्दिर र किरात याक्थुङ चुम्लुङको कार्यालयमा शिविर सञ्चालन हुने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्