झापा , असार ३ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी स्टेट पार्टनरसिप (एसपीपी) मा नेपालको संलग्नतामाथि प्रश्न उठेको भन्दै सरकारले स्पष्ट पार्नुपर्ने बताएका छन् ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै अध्यक्ष नेपालले एसपीपीबारे अलग अलग धारणा बाहिर आइरहेको भन्दै सरकारले यसबारे प्रष्ट पार्नुपर्ने बताएका हुन् । उनले भने, ‘तर्क वितरक हुन थालेका छन् । सत्य के हो बुझ्न सकिएन । २७ अक्टुबर २०१५ को पत्र प्राप्त भएको छ । कुन प्रधानमन्त्रीको पालामा, कुन रक्षामन्त्रीको पालामा भयो थाह पाउनुपर्छ । ’ एसपीपीमा नेपालको संलग्नतामाथि प्रश्न उठेको भन्दै यसको दस्तावेजको वास्तविकता के हो भन्दै प्रश्न गरे । एसपीपीले देशलाई तरंगित पारेको भन्दै नेपाल कुनै पनि सैन्य गठबन्धनमा अरुको सुरक्षा घेरामा प्रयोग हुन नसक्ने बताए ।