बिर्तामोड, असार ८ । बुधबारे हटियाका व्यवसायीहरुलाई विजुलीको मिटर दिनुपर्ने मागसहित लगातार चार दिनदेखि आन्दोलनरत बिर्तामोड उद्योग बाणिज्य संघ नेतृत्वको आन्दोलनमा बल प्रयोग गरी प्रहरीले ११ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी , वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने , सन्तोष उप्रेती , राधिका चुडाल , कल्पना पुरी , संगीता न्यौपाने , तुलसा तामाङ, निरु अधिकारी , एकता कडरिया विष्ट, नरबहादुर विकलगायत छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ । बिर्तामोड नगरपालिका अगाडि विरोध प्रदर्शन गर्दै आन्दोलनकारीहरु नगरपालिकाभित्र छिर्न खोजेपछि प्रहरीले लाठीचार्ज गरेको थियो ।

त्यसक्रममा केहीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी रुगमबहादुर कुँवरले बताए । बुधबारे हटियाका व्यवसायीहरुलाई विजुलीको मिटर दिनुपर्ने मागसहितको आन्दोलन साम्य हुनुको सट्टा अझ चर्किदै गएको छ । हिजो आन्दोलनकारीको प्रतिकारमा एमाले कार्यकर्तालाई उतारेपनि आज भने उनीहरु देखिएका थिएनन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्