झापा, असार ९ । झापाको मेचिनगर नगरपालिका-१५ ज्यामिरगढी भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

बुधवार बेलुका सवा ६ बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको गरेको प्रदेश १-०१-००१ ह ८६०१ नम्बरको सिटिलाई सोहि दिशातर्फ जादै गरेको प्रदेश १-०१-००१ क ११४६ नम्बरको मिनीट्रकले पछाडीबाट ठक्कर दिई दुर्घटना हुँदा मेचिनगर-९ का ४३ बर्षीय रमेश कट्वाल गम्भिर घाईते भई उपचारको लागि B&C अस्पताल बिर्तामोड पठाएकोमा मृत्यु भएको हो । दुर्घटना भएका दुवै सवारी साधनलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्