झापा , असार १२ । गृहमन्त्री बालकृष्ण खाणले नेपालमा लागूपदार्थ दुर्व्यवसनी चुनौतीको रुपमा अघि बढिरहेको बताएका छन् ।

आइतवार काठमाडौंमा भएको लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाणले लागू पदार्थको दुर्व्यसनको कारणले समाजलाई गम्भीर असर पारेको पनि बताए । मन्त्री खाणले लागूऔषधको गम्भीर असर सबैभन्दा बढी युवा पुस्तामा परिरहेको बताए । उनले युवा पुस्तालाई दुर्व्यसनबाट कसरी बचाउने भन्ने कुरा सरकार र समाज सबैको दायित्व भएको पनि बताए । गृहमन्त्री खाँणले लागूऔषध दुर्व्यसनलाई कम गर्न सरकार संवेदनशील रहेको बताए । उनले युवा पुस्ताको भविष्य सुन्दर बनाउन सरकारले आगामी दिनमा जन जागरुकताका कार्यक्रम ल्याउनुपर्ने, पाठ्यपुस्तकमा पनि यसलाई समावेश गरेर विद्यार्थीलाई बेलैमा जानकारी गराउनुपर्ने र दुर्व्यसनमा फसेका युवाहरुलाई सुधार्न अभियान थाल्नुपर्ने आवश्यक्ता रहेको पनि बताए । गृहमन्त्री खाणले विभिन्न अपराधिक गतिविधिहरु मध्येमा लागूपदार्थसँग सम्बन्धित अपराध झन्डै ८ प्रतिशत भन्दा बढी पुगिसकेको र लागूपदार्थ अपराधमा दोषी ६ हजार भन्दा बढी बन्दी कारागारमा रहेको उल्लेख गरे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्