झापा, असार १२ । नेपाल क्रिकेट संघ (क्यान)ले क्यानडामा हुने श्रृंखलाका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय राष्ट्रिय क्रिकेट टिम घोषणा गरेको छ ।

मुख्य प्रशिक्षक पुवुदु दासानायकेले युवा बलर सागर ढकाल र ब्याटर सुनिल धमलालाई बाहिर राख्दै टिम बनाएका हुन् । दुबै खेलाडी अमेरिका भ्रमणमा भने समावेश भएका थिए । वुदुले सागर र सुनिलको स्थानमा बसिर अहमद र पवन शर्राफलाई मौका दिएका छन् । क्यानडा भ्रमणपछि यो टिमले नै नामेविया र स्कटल्याण्ड सम्मिलित त्रिदेशीय श्रृंखला खेल्नेछ ।
नेपाली टिम
सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल, कुशल भुर्तेल, आशिफ शेख, देव खनाल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, बसिर अहमद, किशोर महतो, पवन शर्राफ र विनोद भण्डारी ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्